+
+
Shares

अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि कैलाश विकास बैंकलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २२ गते ११:५६

२२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिर्कोत्सवका अवसरमा नेपालगञ्जमा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि कैलाश विकास बैंकले जितेको छ ।

शनिबार भएको फाइनलमा एसबीआई बैंक लिमिटेडलाई ३-० ले पन्छाउँदै कैलाश विजेता बनेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यमा फाइनल खेल भएको थियो । विजेता कैलाश विकस बैंकले ट्रफीका साथ २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको एसबीआईले ट्रफीसहित १५ हजार नगद र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा कैलाश विकास बैंकका रमेश बोहरा सर्वोत्कृष्ट खेलाडी चयन भएका छन् । सर्वाधिक गोलकर्ता मेगा बैंक लिमिटेडका वीरेन्द्र बहादुर चन्द बने । उनले प्रतियोगितामा १८ गोल गरेका थिए । उत्कृष्ट गोलकिपर एसबीआईका दिनेश चटौत छनौट भए ।

विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, प्रायोजक र सहभागी टिमर्लाइ गर्भनरले नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

यो प्रतियोगिताको आयोजना नेपाल राष्ट्र बैंक कर्मचारी संघले गरेको हो । प्रतियोगितालाई भार्गव विकास बैंकले प्रायोजन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?