Comments Add Comment

‘बर्ड फ्लुले मानिसको मृत्यु हुँदा पनि सरकार गम्भीर भएन’

२२ वैशाख, काठमाडौं । नेपाल भेटरीनरी एशोसिएसनले नेपालमा बर्ड फ्लुका कारण मानिसको मृत्यु भइसक्दा पनि सरकार सचेत नभएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गरी एशोसिएसनले पन्छीमा बर्ड फ्लु लागेको यकीन भइसकेपछि पनि रोग नियन्त्रणका लागि सरकारले तत्काल तत्परता नदेखाएको आरोप लगाएको हो ।

सरकारको गतिविधिले जनस्वास्थ्य, पन्छीजन्य मूल्य श्रृङ्खला र यसमा आवद्ध सम्पूर्ण जनशक्ति तथा उद्योगी व्यवसायीको कल्याणमा कटिवद्ध छैन कि भन्ने शंका उब्जिएको एशोसिएनले बताएको छ ।

त्यस्तै शंकास्पद विरामीको नमुना संकलन र रोग निदानका लागि अन्तर्राष्ट्रिय प्रयोगशालामा नमुना पठाउन हुने कठिनाइलाई विचार गर्दा बर्ड फ्लुका कारण अझै धेरै मानिसको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

अध्यक्ष शितलकाजी श्रेष्ठ र महासचिव गृष्म नेउपानेले जारी गरेको विज्ञप्तिमा पशु क्वारेन्टाइन सेवालाई सुदृढ गर्न र नियमनकारी निकायको भूमिका सशक्त बनाउन पनि गरिएको छ ।

विज्ञप्तिमा बर्ड फ्लुका कारण मानवीय क्षति भएको विषयको सम्पूर्ण विवरण सार्वजनिक गर्न, पशु क्वारेन्टाइन सेवा सुदृढ गर्न, नियमनकारी नियको भूमिका सशक्त बनाउन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment