Comments Add Comment

गुल्मी महोत्सवबाट २७ लाख बचत, ४५ प्रतिशत सामाजिक कार्यमा खर्चिने

२२ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेलामा २७ लाख बचत भएको छ ।

गत चैत्रमा गुल्मी चेम्बर अफ कमर्शले चैत २० गतेदेखि ३० गते सम्म महोत्सव आयोजना गरेको थियो ।

महोत्समा आइतवार पत्रकार सम्मेलन गरी आम्दानी खर्चको सार्बजनिक गरिएको हो । महोत्सव मुल आयोजक समिति सहसंयोजक नवराज भुसालले कुल ८४ लाख २० हजारको आयव्य प्रस्तुत गरेका थिए ।

‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पूर्वाधार’ भन्ने नारा तय गरिएको थियो । कुल रकम मध्ये बिभिन्न शीर्षकमा ५७ लाख २० हजार खर्च भएको सह-संयोजक भुसालले बताए ।

महोत्सवमा टिकट, स्टल, रमाइलो मेला र प्रायोजक सहयोगबाट आम्दानी भएको भुसालले बताए । मेलामा कलाकार, स्टल निर्माण, यातायात/खाना वास, साउण्ड सिष्टम, सुरक्षा खर्च, प्रचार प्रसार कार्यालय व्यवस्थापन सम्पूर्ण खर्च, मञ्च गेट निर्माण शिर्षकमा खर्च भएको जानकारी गराइएको थियो ।

मेलामा १० करोड बढीको कारोबार भएको मेलामा झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा ७२ हजार ५ सयका टिकट बिक्री भएको बताइएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४५ प्रतिशत सामाजिक कार्यमा र अरु ५५ प्रतिशत संस्थागत विकासमा खर्चिने भुसालले बताए । बचत रकमको सामाजिक कार्यमा रेसुङ्गा नगरपालिकाको सहकार्यमा काम गरिने भुसालले बताए ।

महोत्सवमा राखिएका स्टलहरुमा स्थानीय तम्घासका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहेको पत्रिकार सम्मेलनमा जानकारी गराएका थिए । स्थानीय व्यापारिलाई बिशेष छुटका कारण धेरैले सहभागिता जनाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment