Comments Add Comment

अक्षयले स्विकारे–‘हो मसँग क्यानडाको नागरिकता छ’

नायक अक्षय कुमारको नागरिकताको बिषयलाई लिएर अहिले भारतमा ठूलै चर्चा भैरहेको छ । ट्विटरमा अक्षयको नागरिकतालाई लिएर चर्चा ठूलो छ । भारतमा जारी लोकसभा चुनावमा केही दिन अगाडि बलिउडका अधिकांश सेलिब्रिटीले भोट दिदै गर्दा अक्षयले भने दिएनन् । अक्षयले भोट नदिएपछि एक पत्रकारले उनलाई भोट नदिनुको कारणबारे प्रश्न सोधेका थिए । जसमा अक्षयले कुनै जवाफ दिएनन् । तर, यसपछि भने अक्षयको राष्ट्रियताको प्रश्न उठेको थियो ।

तर, हालै अक्षयले यस विषयमा बोलेका छन् । उनले आफू क्यानेडियन नागरिक भएको बोलेका छन् । उनले भनेका छन्–‘अहिले मेरो नागरिकताको विषयमा धेरै नकरात्मक कुराहरु आइरहेका छन् । यो कुरा मैले आश गरेको पनि थिइनँ । हो, मसँग क्यानडाको नागरिकता छ । तर, पछिल्लो ७ वर्षदेखि म क्यानडा पुगेको छैन ।’

अक्षयले आफूलाई भारतको निकै माया लाग्ने पनि बोलेका छन् । उनले भनेका छन्–‘मलाई मेरो कर्मभूमि भारतको कति माया लाग्छ त्यो कसैलाई प्रमाणित गर्न जरुरी छ जस्तो पनि लाग्दैन ।’ हालै अक्षय कुमार अभिनित ’केशरी’ रिलिज भएको थियो । हाल ’गुड न्युज’को छायांकनमा व्यस्त रहेका अक्षयले केही दिनमा नै ’गुड न्युज’को छायांकन सकेर ’सुर्यवंशी’को सुटिङ सुरु गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्र्तवार्ता गरेपछि अक्षय चर्चामा थिए । तर, अक्षयले भारतमा बसेर क्यानडाको नागरिकता नत्यागेको भन्दै अहिले चर्को आलोचना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment