Comments Add Comment

५२ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

२२ वैशाख, काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

२०७६ वैशाख २० गतेको गृह मन्त्रालय (सचिवस्तर) को निर्णयअनुसार ५४ जनाको बढुवा भएको थियो । कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भए । १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा र १ जना क्रिया बिदामा रहेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्नेशन दिए । ँविगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप  उर्जाका साथ तयार र एकजुट हुनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment