+
+
Shares

सरकारकै कारण संघीयता जोखिममा : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २२ गते १९:३२

२२ वैशाख, सप्तरी । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार स्यंमले संघीयतालाई धरापमा पारेको आरोप लगाएका छन् ।

सप्तरीको कंचनपुरमा आयोजित कांग्रेसको क्षेत्रिय सम्मेलनमा थापाले पूर्वराजा ज्ञानेन्द्र र विप्लवभन्दा सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको बताए । ‘पूर्वराजाले मन्दिर धाउँदैमा, विप्लवले बन्दुक पड्काउँदैमा संघीयता खारेज हुँदैन’ उनले भने, ‘सरकारकै कारण संघीयता जोखिममा परेको छ’ ।

सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै अधिकार दिन नचाहने सोतले संघीयता नटिक्ने उनले बताए । थापाले भने, ‘सबै अधिकार आफैंमा राखेर भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि संघीयतासँगै देश पनि डुब्ने अवस्था आइसकेको छ ।’

नेता थापाले मधेसवादी भनिएका दलहरुले पनि मधेसी जनतालाई ठग्ने बाहेक अरु काम नगरेको बताए । ‘उठो मधेश, जागो मधेश भन्दै मधेशी नेताले मधेशको नाममा लुट्नुबाहेक के गरे ?’ थापाले भने, ‘मधेशको नाममा राजनीति गर्नेहरु जनताको भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गरेको लुकेको छैन ।’

उनले संघीयता र गणतन्त्रको रक्षा तथा जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन कांग्रेसले जनजागरण अभियान चलाउने बताए ।

कांग्रेसका सप्तरी सभापति दिनेश प्रसाद यादवले कांग्रेस विना समृद्वि पुरा हुन नसक्ने बताए । पूर्वमन्त्री हेमराज तातेडले भ्रमहरु हटाएर पार्टी एकजुट बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?