
२३ वैशाख, काठमाडौं । धेरै मान्छेले कार किन्न जाँदा पहिले मूल्य, छुट र सुविधा नै सोध्छन् । अधिकांशले सुरक्षाको विषयलाई याद नै गर्दैनन् या भनाैं मतलब नै गर्दैनन् । यदि सुरक्षित कार खोज्ने हो भने बजारमा विकल्पहरु पनि थोरै मात्रै उपलब्ध छ । सुरक्षित कारका लागि एक वर्ष अघिसम्म नेपालमा ठूलो नै रकम खर्चिनुपथ्र्यो । तर, अब टाटाले ‘नेक्सन’ गाडीमार्फत सजिलो विकल्प दिएको छ ।
नेक्सनले ग्लोबल एनक्यापले टाटाको एसयूभी नेक्सनको क्रयास टेस्टको उत्कृष्ट नतिजा प्राप्त गरेको कुरा धेरैलाई थाहा नै छैन । सुरक्षाका मामिलामा भएको ‘क्रयास टेस्ट’मा नेक्सनले ५ स्टार रेटिङ पाएको छ । यो टेस्ट भारतमा बनेको नेक्सनमा गरिएको थियो । यसअनुसार नेक्सनले भारतमा बनेको कार मध्ये सुरक्षामा मामिलामा ५ स्टार पाउने पहिलो कार हुँदै इतिहास बनायो ।
यो परीक्षणमा एडल्ट इक्विपमेन्ट प्रोटेक्सन र चाइल्ड इक्विपमेन्ट प्रोटेक्सनमा नेक्सन उत्कृष्ट ठहरिएको छ । बडीको मजबुतिको कारण नै नेक्सनले राम्रो नतिजा ल्याएको हो । नेक्सनलाई ६४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडाएर मजबुत संरचनामा ठोक्काइएको थियो ।
कारको चारैतर्फबाट ठक्कर दिएर यो परीक्षण भएको थियो । परीक्षणमा अघिको भागमा क्षति भएपनि एयरब्याग समयमै खुल्यो । परीक्षणकर्ता कम्पनीले नेक्सनका चालक र यात्रुको टाउको र घाँटीको सुरक्षा राम्रो देखिएको जनाएको छ । यात्रुको अन्य भागमा पनि ठूलो क्षति नपुग्ने ठहर टेस्टमा गरियो ।
त्यसैले यात्रुको सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट सावित भएको छ । नेक्सनमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ ।
यो कार राजमार्गमा ठूलो दुर्घटनामा परेपनि यात्रु सुरक्षित रहने सम्भवना धेरै हुन्छ । पछिल्लो सयममा नेपालमा दुघंटनाको दर बढ्दो हुँदा ग्राहकहरुले पनि सुरक्षित कारको खोजी गरिररहेका हुन्छन् ।
तर, विश्वसनीय र सजिलो विकल्प प्राप्त नहुनेहरु नेक्सन नआउँदासम्म निरास थिए । अहिले नेक्सनले सुरक्षित कारको विकल्प दिएको छ । नेक्सन यात्रुको सुरक्षालाई नै ध्यान दिइएर बनाइएको कार भएको कम्पनी बताउँछ ।
यो कारमा अगाडिर पछाडि बसेर यात्रा गर्ने यात्रुलाई दुर्घटनाका बेलमा जोखिम निकै कम हुन्छ । यसको सुरक्षा फिचर्सका कारणले नै यो कारमा यात्रा गर्दा दरिलो आत्मविश्वास प्राप्त हुन्छ ।
नेक्सनले यही विशेषताको बलमा पनि करिब एक वर्षमै टाटाको कम्प्याक्ट एययूभी ‘नेक्सन’ नेपाली बजारमा १ हजारभन्दा बढीको संख्यामा बिक्रीको रेकर्ड राखेको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रडिङले झण्डै एक वर्षको बीचमा हजार भन्दा बढी नेक्सन गाडी बेचेको हो ।
बलियो कार
कम्पनीका अनुसर यो गाडीलाई धेरै ग्राहकले रुचाएका छन् र निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । अहिले नेपाली कार बजारमा बढी चर्चामा रहेका कारमध्ये एक हो । नेक्सनलाई उपभोक्ताले रुचाएका पनि छन् ।
टाटाको आफ्नै प्रभावशाली डिजाइन दर्शनमा आधारित चौंथो उत्पादन हो, नेक्सन । निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा आएको नेक्सनले निकै राम्रो प्रभाव छाड्दैछ ।
टाटा नेक्सनमा केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ ।
सुरक्षाका मामिलामा समझौता नगरी बनेको कार हो । यसको एयरब्याग आपतकालीन अवस्थामा निकै छिटो खुलेर सुरक्षा प्रदान गर्छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्सले यात्रुलाई कारभित्र सुरक्षात्मक वातावरण दिन निकै सहयोग गरेको छ ।
नेक्सनमा किलेस इन्ट्रीको सुविधा पनि छ । फ्रन्ट सिल्ट बेल्ट, रेयर डेफोगर, रेयर एण्ड फ्रन्ट फग ल्याम्प, एबीएस विद ईबीडी लगायतका फिचर पनि छन् ।
उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।
त्यसैले पनि नेक्सनले यात्रुलाई निकै आत्मविश्वास दिन्छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पनि छ ।
नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिन्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ ।
पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ ।
सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । यसको सस्पेन्सन सिस्टम पनि नेपाली बाटोको लागि उपयुक्त छ ।
कस्तो छ नेक्सन ?
डुअल कलरटोनमा उपलब्ध यो कार केही नवीन र चाख लाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ इन्च एलोय हृवील महत्वपूर्ण विशेषताका रुपमा छन् ।
नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । त्यसैले यो एउटा कम्पलीट कम्प्याक्ट एसयूभी भएको दावी वितरक सिप्रदी ट्रेडिङको छ ।
फेलाइन-आई शेप्ड डे-टाइम रनिङ लाइट पनि लगाइएको छ । यसमा हनी कम्ब गि्रल र फग ल्याम्प पनि छ । यसको फ्रन्ट लुक निकै युनिक देखिन्छ ।
यसका अलावा डुअल टोन रुफ, १६ इन्च मेसिन कट एलोय ह्वील र फ्लेयर्ड हृवील आर्चेजले यसलाई स्पोर्टी र प्रिमियम लुक्स दिएको छ ।
कारको पछाडिको क्रिस्टल क्लियर एलईडी टेल लाइट, बम्परमा ब्ल्याक प्लाष्टिक क्लेडिङ लगाइएको छ । जसले कारलाई दमदार देखाएको छ ।
टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि कम्पनीले निकै मिहिनेत गरेको छ । उत्कृष्ट फिनिससहितको उच्चस्तरीय इन्टेरियरका साथै पि्रमियम लुक्सको ड्यासबोर्डले कारलाई थप आकर्षक बनाएको छ ।
नेक्सनमा रहेको ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ मोड सिस्टम पनि मजबुत पाटा हुन् । यसको इन्टेरियर अन्यको भन्दा अलग पनि छ ।
नेक्सनमा थ्री टोन क्याबिन छ । यो एसयूभीमा ६.५ इन्चको फ्लोटिङ ड्यासबोर्ड टचक्रिन लगाइएको छ । कम्पनीकाअनुसार यो सेगमेन्टमै आएको पहिलो सुविधा हो ।
यो टच स्त्रिmन इन्फोटेन्मेन्ट सिस्टम हार्मोन कम्पनीको हो । जुन, यो सेगमेन्टमा सायदै उपलब्ध होला ।
योसँगै ८ वटा स्पिकर जोडिएको छ । यो सिस्टममा स्मार्टफोन कनेक्टिभिटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो र नेभिगेसनका सुविधा पनि छ । यसमा टिगोरमा जस्तै इन्स्ट्रयुमेन्ट कन्सोल पनि छ । यसमा छाता राख्ने विशेष स्पेश पनि छ ।
कम्र्फटका मामिलामा गाडी निकै अब्बल छ । यसको फ्रन्ट र रेयर सिटमा पर्याप्त स्पेस छ । कारको सिटमा राम्रो खालको लेदरको प्रयोग गरिएको छ ।
यसमा ड्राइभर सिट हाइट एड्जस्टमेन्ट, फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पनि छन् ।
त्यसैले यो निकै आरामदायक छ । कारमा ठूलो ग्लो बक्स पनि दिइएको छ । कप होल्डर पनि छन् । नेक्सनमा ३५० लिटरको बुट स्पेस छ । रेयर सिट फोल्ड गरियो भने ६९० लिटर हुन्छ ।
यसमा स्मार्ट कि र पुस बटन स्टार्टको सुविधा छ । योकार ३९९४ मिलीमिटर लामो, १८११ मिलिमिटर चौंडा र १६०७ मिलिमिटर अग्लो छ । यसको ह्वील बेस २४९८ मिलिमिटर र टर्निङ सर्कल ५.१ मिटरको भएकाले यसको ह्याण्डलिङ पनि सजिलो छ ।
यसमा अटो तथा मेनुअल क्लाइमेट कन्ट्रोल सुविधासहितको एयर कन्डिसनर, पावर आउटलेट लगायतका एसयूभीमा हुनुपर्ने सबै खालमा सुविधा छन् । युएसबी चार्जर, रेयर पावर आउटलेट, पावर विन्डो लगायतका विशेषताबाट पनि यो सजिएको छ ।
प्रतिक्रिया 4