+
+
Shares

मेयरकै अगुवाईमा बिरानगरमा हड्ताल !

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १४:०१

२३ वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्ताव दर्ता भएसँगै विराटनगर आन्दोलित भएको छ । यो आन्दोलनको अगुवाई बिराटनगर महानगरका मेयर स्वयंमले गरिरहेका छन् ।

दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले आइतबार विराटनगरलाई प्रदेश राजधानी तोकेर कार्यापालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तरगत बिराटनगर, सुन्दरहरैचा र इटहरीमा निर्माण गर्ने प्रस्ताव दर्ता गरेको थियो ।

आइतबार महानगरपालिकाकै अगुवाईमा सर्बपक्षीय छलफल गरेर डा. भेषप्रसाद धमालाको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । समितिले सोमबारदेखि अनिश्चितकालिन आमहडताल आहृवान गरेको छ । हड्तलाका कारण बजार, पसल यातायात पूर्ण रुपले अवरुद्ध छन् ।

राजधानी विकेन्द्रीकृत गर्न हुँदैन भन्ने जनस्तरबाट उठेको आवाजलाई आफ्नोपूर्ण समर्थन रहेको मेयर भीम पराजुलीले बताए । ‘नागरिक स्तरबाट भएको शान्तिपूर्ण आन्दोलनमा मेरो सर्मथन छ’ उनले भने ।

विराटनगरलाई राजधानी बनाएर कार्यापालिका र व्यवस्थापिका अन्यन्त्र लैजानु व्यवहारिक नभएको भन्दै उनले सच्याउन माग गरेका छन् । उनी भन्छन्, ‘जनतालाई सहज बनाउन एकै ठाउमा संरचना निर्माण गर्नुपर्ने हो तर, विराटनगरलाई राजधानी घोषणा गरेर कार्यापालिका र व्यवस्थापिका इटहरी आसपास लैजानु व्यवहारिक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?