+
+
Shares

ललितपुरको मानभवनमा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १८:३०

२३ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुरको मानभवनमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच सोमबार ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा उक्त काउन्टर संचालनमा ल्याएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर सुरु गरेको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टर संगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ । यसैगरि, बैंकले डोटी जिल्लाको जोरायल गाउँपालिका – १, गैरामा १ सय ३२ औँ शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

यसका साथसाथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?