+
+
Shares

सलाह पनि बार्सिलोनाविरुद्ध नखेल्ने भए

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते २०:४३

२३ वैशाख, काठमाडौं । लिभरपुलका अर्का फर्वाड मोहम्मद सलाहले पनि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

लिभरपुल र बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा मंगलबार भिड्दैछन् । पहिलो लेगमा ३–० को हार व्यहोरेको लिभरपुलले फाइनलमा स्थान बनाउन चमत्कारिक खेल देखाउनुपर्ने हुन्छ । तर, एकपछि अर्को चोटले उसलाई सताएको छ ।

ब्राजिलियन फवार्ड रोबर्ट फिर्मिनो यसअघि नै बार्सिलोनाविरुद्ध खेल्न नसक्ने पक्का भइसकेको छ ।

यो सूचीमा अब सलाह थपिए । उनी न्यूक्यासलसँगको खेलका क्रममा घाइते भएका थिए । ‘हामीसँग भोलि राति विश्वकै दुई उत्कृष्ट फवार्ड हुनेछैनन् र हामीले चार गोल गर्नुछ’ लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले भने, ‘यो सहज छैन तर, हामी ९० मिनेटसम्म च्याम्पियन्स लिगलाई सुखद रुपमा अन्त्य गर्न प्रयास गर्नेछौं ।’

Results

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?