Comments Add Comment

नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीको निबन्धजस्तो : प्रकाशमान सिंह

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई हाइस्कुलका विद्यार्थीले लेखेको निवन्ध जस्तो भएको टिप्पणी गरेका छन् ।

संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘देश बनाउनलाई के–के गर्नुपर्छ भनेर हाइस्कुलका विद्यार्थीलाई एस्से लेख्न लगाएको जस्तो छ ।’ उनले सरकारको नीति तथा कार्यक्रम नारैनाराले भरिएको बताए ।

‘उखान टुक्कामा प्रधानमन्त्री त प्रसिद्ध हुनुहुन्छ । त्यसैगरी नीति तथा कार्यक्रम पनि नारै नारा दिएर लेखिएको पाउँछौं । हाइवेमा जहाज ल्याण्ड गर्नेसम्मका विषय आएका छन् । तर, त्रिभुवन विमानस्थालको हालत यस्तो छ ।’

दोहोरो अंकको आर्थिक वृद्धिका लागि बजेटको अभाव हुने उनले बताए । ‘दोब्बर आर्थिक बृद्धि, चार बर्षमा उच्च आर्थिक वृद्धिमा पुग्ने भनेको छ । दोब्बर आर्थिक बृद्धिका लागि १७ खर्ब आवश्यक छ । त्यो पैसा कहाँबाट आउने ’ उनले भने ।

पैसा नभएकोले सपना देखे जस्तो । विद्यार्थीले निबन्ध लेखे जस्तै सरकारको नीति तथा कार्यक्रम आएको छ’ उनले थपे ।

गत वर्ष प्रधानमन्त्रीले संसदमा काठमाडौंमा माक्स लगाएको मान्छे हेर्न पाइँदैन भनेर उल्लेख गर्दै नेता सिंहले भने, ‘प्रधानमन्त्री मन्त्रीले त माक्स फुकाल्नु भयो होला तर, जनताले फुकालेका छैनन् ।’

कांग्रेसकै सांसद देवेन्द्रराज कँडेलले मदन भण्डारी र जीवराज आश्रित हत्याबारे पत्ता नलागेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै कँडेलले भने, ‘मनदभण्डारीको नाममा विश्व विद्यालयको कुरा आयो तर, मदन भण्डारी र जीवराज आश्रितको हत्या पत्ता लगाउन सरकार किन सक्दैन ? यसतर्फ ध्यान जाओस् ।’

२०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना हुँदा भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो । यो दुर्घटनालाई योजनाबद्ध भनेर भनिदै आए पनि पुष्टि भएको छैन ।

नेता कँडेलले राष्ट्रपतिले मेरो सरकार भनेकोमा पनि आलोचना गरे । ‘हामी नेपाली रैती रहेछौं कि !’, उनले थपे, ‘जनताको नाममा सर्वहाराको नाममा अर्को तानाशाहलाई अगाडि सारेका छौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment