Comments Add Comment

मैत्रीपूर्ण खेलको लागि नेपालले अभ्यास थाल्यो

Photo Credit : एन्फा

२४ वैशाख, काठमाडौं । नेपाली फुटबल टिमले चाइनिज ताइपे र मलेसियासँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि अभ्यास आजदेखि थालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई देशसँगको मैत्रीपूर्ण खेललाई मध्यनजर गर्दै अभ्यास थालेको हो । केही महिनाअघि मात्रै नेपाली फुटबल टिम सम्हालेका स्वीडेनका योहान कालिनले मंगलबारदेखि अभ्यास सुरु गराए हुन् ।

नेपालले जुन दुईमा मलेसियासँग उसैको भूमिमा मैत्रीपूर्ण खेल खेल्नेछ । करिब दुई महिनाअघि नै मलेसिया र नेपालबीचको मैत्रीपूर्ण खेल हुने भनिएपनि अन्तिममा आएर रद्द भएको थियो ।

त्यस्तै, नेपालले जुन ६ तारिखमा चाइनिज ताइपेसँग उसैको भूमिमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले २०२२ को कतार विश्वकप छनोटको तयारी स्वरुप दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment