Comments Add Comment

प्रदेश ५ सरकार र चीनको ग्यान्सु प्रान्तबीच साझेदारी हुने

२४ वैशाख, बुटवल । प्रदेश ५ सरकार र चीनको ग्यान्सु प्रान्तबीच सांस्कृतिक र पर्यटकीय सहयोगका लागि साझेदारी हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सांस्कृतिक पर्यटकीय सहयोगका लागि चीनको च्यान्सु प्रान्तसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

उक्त सम्झौताले दुई देश बीचको मित्रता घनिष्ट हुने, चीनले विज्ञान, प्रविधि, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त गरेको उपलब्धी र सहयोकका माध्यमबकाट यस प्रदेश र समग्र मुलुककै विकासका लागि फलदायी हुने सरकारको अपेक्षा छ ।

चीनको ग्यान्सु प्रान्तका गभर्नरबाट प्रदेशसंग सांस्कृतिक तथा पर्यटकीय विषयमा सहयोगका लागि पत्रसहितको प्रस्तावित सम्झौता प्राप्त भएपछि अन्तर्राष्ट्रिय मान्यताअनुसार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्नुपर्ने भएकाले उक्त प्रस्ताव स्वीकृत गरिएको प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले पत्रकार सम्मेलनमा बताए ।

त्यस्तैगरी मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयलाई बजेट अधिवेशन आह्वानका लागि पत्र पठाएको छ ।

सरकारले लगानीको वातावरण बनाएकै कारण प्रदेशको आर्थिक बृद्धिदर ७.३७ प्रतिशत पुगेको जनाएको छ ।

‘कर्मचारी संयोजन अघि नै हामीले कर्मचारीलाई एकै ठाउँमा राखेर काम गरायौं, त्यसैको परिणामले पनि कामले गति लियो’ उनले भने ।

७ वटा प्रदेश भरिमा प्रदेश ५ मा लगानीका लागि उपयुक्त वातावरण बनेको उनको दावी छ । चौधरीले प्रदेशको पूँजीगतखर्च झन्डै २५ प्रतिशतखर्च भइसकेको बताए ।

उनले असार मसान्तसम्म खर्चको दरलाई बढाउने बताए । सरकारले रातो किताबमा नपरेको योजनामा रकामान्तर समेत नगर्ने उनले स्पष्ट पारे । कतिपय योजनामा भने बजेटकै अभाव रहेको बताए ।

खानेपानीको ९६ करोड र सिँचाइको ८६ करोड बजेट भुक्तानी दिन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment