Comments Add Comment

इनरुवामा यामाहाको नयाँ शोरुम

२४ बैशाख, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मंगलबारबाट सुनसरीको इनरुवामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले पाथीभरा इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थि्र एस’ -सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप सुरु गरिएको हो ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले गर्नु भएको थियो । पाथीभर इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकपि्रय मोटरसाइकल र स्कुटरहरुको ‘थि्र एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउननुहुनेछ ।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकपि्रय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको पाथीभरा इन्टरप्राइजेजका अमरेन्द्र कुमार मेहताले बताए ।

उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताउनु भयो । ‘यहाँबाट हाई-टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उनले भने ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर ३, एफजी२५, फेजर२५, आर१५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढेको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment