
३ हप्ते हनिमुन यात्रालाई छोट्याएर केही दिन अघि मात्र नेपाल फर्किएकी नायिका बर्षा राउत अहिले चलचित्र ‘जात्रै जात्रा’को प्रमोशनमा दौडिरहेकी छिन् । गतबर्ष रिलिज भएको ‘चौका दाउ’बाट आशातित प्रतिक्रिया नपाएकी यी नायिका अहिले हलमा चलिरहेको चलचित्र ‘दाल भात तरकारी’मा मात्र सो पिस भइन् ।
यसैले, पनि चलचित्र ‘जात्रै जात्रा’को व्यापारले करिअरमा ठूलो असर गर्ने वुझाई उनको छ । यहीकारणले नै बर्षाले चलचित्र प्रचारमा गम्भिरता देखाएकी हुन् । बर्षा भन्छिन्–‘नेपालमा चलचित्रको प्रमोशन चलिरहँदा म विदेशमा बस्न सकिनँ । मेरो कुरा काटे होलान्, प्रचार के भैरहेको छ भन्ने मात्र मनमा लाग्यो । यसैले एक हप्ता अगाडि नै आएँ ।’
बर्षाले यो चलचित्रको बारेमा भनिन्–‘जात्रै जात्रा’को कथावस्तुले दर्शकलाई छुनेछ । मैले यो चलचित्र सो पिस मात्र हुन्छु कि भनेर गरेकी होइनँ । निर्देशक प्रदिप भट्टराइसँग सधै नै काम गर्ने मन छ ।’ बर्षाले यो चलचित्रको व्यापारले आफूलाई धेरै ठूलो फरक पार्ने पनि बताइन् । नायिका राउत भन्छिन्–‘जात्रा’ हेर्नुभएका दर्शकले यसमा अझ डबल मज्जा पाउनुहुनेछ । यसैले पनि ‘जात्रै जात्रा’ विशेष छ ।’
जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रमा बर्षा नायक विपिन कार्कीको श्रीमतीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेलको पनि मुख्य भूमिका छ ।
प्रतिक्रिया 4