Comments Add Comment

‘किक २’मा सलमानको जोडी को ?

बलिउडका नायक सलमान खान पछिल्लो समय लगतार चलचित्रमा काम गरिरहेका छन् । सलमानको ‘भारत’ रिलिजको तयारीमा छ भने उनी अहिले ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दंबग ३’को छायांकन सकिए लगत्तै सलमानको हातमा दुई चलचित्र छन्, ‘किक २ र इन्शाअल्ला’ ।

‘दबंग ३ को’ छायांकन सकिएपछि पहिला सलमानले ‘किक २’को छायांकनलाई समय दिनेछन् । पछिल्लो समय ‘किक २’लाई लिएर मिडियामा धेरै समचारहरु पनि आइरहेका छन् । यस चलचित्रमा सलमानको जोडी को हुने भन्ने विषयले पनि चर्चा पाइरहेको छ ।

‘किक २’मा सलमानको जोडी ‘किक’ चलचित्रकी नायिका ज्याकलिन फर्नान्डेज रहने खबर बाहिरिएको थियो । त्यसको केही समयमा नै ‘किक २’ टिमले नायिका दीपिका पादुकोणलाई चलचित्रको अफर गरेको पनि समचार आए । चलचित्रमा दिशा पटनी रहने खबर पनि नआएको भने हैन ।

तर, निर्माण युनिटले दिएको जनकारी अनुसार चलचित्रमा नयाँ नायिका रहने छिन् । निर्माण युनिटले नयाँ नायिकाकको खोजी गरिरहेको छ । यस चलचित्रका लागि ज्यक्लिन, दीपिका र दिशा कोहीसँग पनि कुरा नभएको निर्माण पक्षले बताएको छ ।

हाल ‘भारत’को प्रचारमा पनि व्यस्त बनिरहेका सलमानले ‘किक २’को छायांकन सकिएपछि मात्र ‘इन्शाअल्ला’को सुटिङ सुरु गर्नेछन् । यस चलचित्रमा भने सलमानको जोडीको रुपमा नायिका आलिया भट्ट देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment