Comments Add Comment

पहिलो कम्पनी खोल्दा कति थियो यी चर्चित व्यक्तिको उमेर ?

मार्क जुकरबर्ग, इभान स्पाइजेल तथा गुगलका दुईजना सस्थापकहरु तिन वर्षभित्रै करोडपति बनिसकेका थिए ।

उल्लेखित व्यक्तिहरुले आफूले स्थापना गरेको पहिलो कम्पनीबाटै मनग्गे सफलता प्राप्त गरे । तर, अन्य कतिपय दिग्गज प्रविधि कम्पनीका संस्थापकहरुले भने दोश्रो वा तेश्रो कम्पनी खडा नगरुन्जेल सम्म धन र प्रसिद्धि कमाउन सकेका थिएनन् ।

विश्वका विभिन्न २३ वटा चर्चित प्रविधि कम्पनीहरु तथा ती कम्पनी स्थापना गर्ने संस्थापकहरुको तत्कालीन उमेर यस्तो थियोः 

१. टेस्ला कम्पनीका संस्थापक इलोन मस्कः सन् १९९५ मा अमेरिकी अटोमोबाइल तथा उर्जा कम्पनी टेस्ला स्थापना गर्ने बेलामा इलोन मस्कको उमेर २४ वर्षको थियो ।

२. डेल कम्पनीका संस्थापक माइकल डेल: सन् १९८४ मा डेल टेक्नोलोजिज कम्पनी स्थापना गर्ने बेला माइकल डेलको उमेर जम्मा २१ वर्षको थियो ।

३.फेसबुक संस्थापक मार्क जुकरबर्ग: सन् २००४ मा आफ्नै कोठामा द फेसबुक स्थापना गर्दा जुकरबर्गको उमेर जम्मा १९ वर्षको थियो ।

४. इबेका संस्थापक पाइरे ओमीडायर:  सन् १९९१ मा इन्टरनेट शपिंग सफ्टवेयर कम्पनी इ शप स्थापना गर्ने बेलामा ओमिडायरको उमेर जम्मा २३ वर्षको थियो । इ शप कम्पनी माइक्रोसफ्टलाई बिक्रि गर्नुअघि उनले सन् १९९५ मा अर्को कम्पनी इ बे स्थापना गरे ।

५. माइक्रोसफ्ट संस्थापक बिल गेट्सः गेट्स र उनका साथी पाउल एलेनले सन् १९७२ मा ट्राफ ओ डाटा नामक व्यवसाय सुरु गरे । सो कम्पनीले वाशिंटनको सडकमा ट्राफिक चापका डाटाहरु स्वचालित रुपमा विश्लेषण गर्न सुरु गरेको थियो । तर यो कम्पनी सफल भएन । उनीहरुले सन् १९७५ मा माइक्रोसफ्ट कम्पनीको स्थापना गरे ।

६. याहुका संस्थापक जेरी यांग: सन् १९९४ मा २४ वर्षको उमेरमा उनले डेभिड फिलोसँग मिलेर याहु कम्पनी स्थापना गरेका थिए।

७.ट्वीटरका संस्थापक ज्याक डोर्सीः ट्वीटरका संस्थापक ज्याक डोर्सीको संघर्षको कथा रोचक छ । एउटा वेबसाइट ह्याक गरेबापत सोही कम्पनीमा जागिर पाएका उनले सन् १९९९ मा डी नेट नामक अनलाइन व्यापार कम्पनी खोले । तर त्यो पनि खासै लोकप्रिय भएन । अन्ततः उनले ट्वीटरको स्थापना गरे।

८.स्नापच्याटका संस्थापक इभान स्पाइजेल: सन् २०११ मा साथीहरु बबी मर्फी र रेगी ब्राउनसँग मिलेर स्नापच्याटको सुरुवात गर्दा इभानको उमेर जम्मा २२ वर्षमात्र थियो । स्नापच्याटको सुरुवाती नाम पिकाबू थियो ।

९. अलिबाबाका संस्थापक ज्याक मा: अंग्रेजी शिक्षकको जागिर छाडेपछि ज्याक मा ले हाइबो नामक भाषा अनुवाद कम्पनी खोले । त्यसैक्रममा सन् १९९५ मा अमेरिका भ्रमणको क्रममा उनले कम्प्युटरमा इन्टरनेट चलाउन पाए पहिलोपटक । त्यसपछि उनले इन्टरनेटमा द्यभभच शव्दको खोजी गरे । तर इन्टरनेटमा जतिधेरै खोज्दा पनि उनले चिनिया बियर फेला पर्न सकेनन् । त्यसपछि उनले चीनमै इन्टरनेट कम्पनी खोल्ने निधो गरेर फर्किए । जसले सन् २०११ मा अलिबाबा डट कमको रुपमा मूर्त रुप लियो ।

१०. गुगल संस्थापक ल्यारी पेज र सर्गेइ ब्रिन: सन् १९९५ मा चिनजान भएपछि पेज र बि्रनले सन् १९९८ मा गुगल कम्पनीको स्थापना गरेका थिए । त्यतिबेला उनीहरुको उमेर २५ वर्ष थियो ।

११. अमेजन संस्थापक जेफ बेजोस: अनलाइन मार्फत किताब बेच्ने कम्पनीको रुपमा सन् १९९४ मा अमेजन डटकम कम्पनी सुरु गर्दा बेजोसको उमेर ३० वर्ष पुगेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment