Comments Add Comment

‘कुम्भ करण’ को ट्रेलर रिलिज

चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ । जेठ १७ गतेलाई रिलिज मिति तय गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा गौरव पहरी, भोलाराज सापकोटा र अभय बराल नायिका निशा अधिकारीको पछि परेको देखाइएको छ ।

निर्माण भएको लामो समयपछि यो चलचित्र रिलिज हुन लागेको छ । यस चलचित्रलाई लिएर कलाकारहरु एकदमै उत्साहित देखिएका छन् । ट्रेलर रिलिज कार्यक्रममा उपस्थित कलाकार गौरव पहरीले भने, ‘यस चलचित्रमा हामीले एकदमै धेरै मेहनत गरेका छौँ । पक्कै पनि दर्शले यस कुरालाई मन पराइदिनुहुन्छ होला ।’

कलाकार भोलाराज सापकोटाले पनि गौरवको कुरामा सहमति जनाए । ‘यति धेरै मेहनत गरेको चलचित्र रिलिज नहोला कि भन्ने डर थियो । तर, अब रिलिज हुदैँछ खुसी लागेको छ’ उनले भने ।

दीपक ओलीको निर्देशन रहेको चलचित्रमा रोम ओली कार्यकारी निर्माताका रुपमा रहेका छन् । चलचित्रमा क्षितिज बस्नेत, चुपनिधि रिजाल, चन्द्रबहादुर घर्ती मगरलगायतको लगानी रहेको छ । गिरप्रसाद घर्ती मगर र विजय श्रेष्ठ चलचित्रका सह निर्मता हुन् ।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई हरि घले लामाले खिचेका हुन् । चलचित्रको सम्पादन जिम्मा भने मिलन श्रेष्ठले लिएका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment