Comments Add Comment

आईपीएल खेलेर सन्दीप फर्किंदै

२९ वैशाख, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् ।

चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीबाट खेलेका सन्दीप आज दिउँसो २ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने छन् । उनी एयर इन्डिया विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने छन् ।

६ खेलबाट ८ विकेट लिएका सन्दीपको आईपीएल यात्रा राम्रै रह्यो । तर उनी पछिल्लो खेलमा भने बेञ्चमै रहँदै आएका थिए ।

उनले जारी आईपीएलमा अन्तिमपटक रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध खेलेका थिए । जुन खेलमा महँगो सावित भएका सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए भने विकेट लिनबाट भने असफल रहेका थिए । यसपछि दिल्लीले खेलको चार खेलमा कुनैमा पनि सन्दीपले प्लेइङ इलाभेनमा स्थान बनाउन सकेनन् ।

सन्दीप रहेको टिम दिल्ली क्यापिटल्सले प्लेअफको दोस्रो क्वालिफयर राउण्डसम्मको यात्रा गर्दा सन्दीप सफल नै ठहरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment