
निर्देशक रेनशा वान्तवा राइको बिहे भोजका लागि मात्र लण्डनदेखि नेपाल आएका नायक धिरज मगरले आफू नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’को प्रतिक्षामा रहेको बताएका छन् । अनलाइनखबरसँगको भेटमा धिरजले भने–‘अरु कुनै पनि चलचित्रका लागि मसँग कुरा भएको छैन । म मात्र आई एम ट्वान्टी वान’को प्रतिक्षामा छु ।’
धिरजले लामै समय ग्याप भैसकेकाले आफू दर्शकमाझ आउनका लागि हतारिएको पनि बताए । उनले, यही चलचित्रको लागि नै तयारी भैरहेको सुनाए । धिरजलाई चलचित्र ‘प्रेमगीत ३ र मेरो एउटा साथी छ २’का लागि पनि अफर गएको भन्ने खालका चर्चा बजारमा चलिरहेका छन् । तर, धिरजले यो कुरालाई अस्विकार गरेका छन् । उनले, आफू मात्र चलचित्र ‘आई एम ट्वान्टी वान’को तयारीमा रहेको सुनाए ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेपछि चर्चामा आएका धिरजले नयाँ चलचित्रको छायांकन अगष्टबाट सुरु हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4