+
+

एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १३:१५

२९ बैशाख, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले निश्कासन गरेको ६० प्रतिशत हकप्रद भर्ने आईतबार अन्तिम दिन हो । चुक्ता पुँजी वृद्धिका लागि इन्स्योरेन्सले कायम रहेका सेयरधनीका लागि निष्कासन गरेको ६० प्रतिशत हकप्रद आइतबार कार्यालय समयभित्र हकप्रद भरिसक्नु पर्नेछ ।

कम्पनीले गत चैत २५ गते सोमबारदेखि चुक्ता पूँजीको ६० प्रतिशतले ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रद प्रयोजनको लागि फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द भएको थियो । फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

सि आश्वा प्रणाली प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट सेयरधनीको हकप्रद भर्न सक्नेछन् । एशियन लाईफ इन्स्योरेन्सको कार्यालयहरु, तथा हकप्रद बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्ऽीय तथा शाखा कार्यालयहरुबाट पनि हकप्रद आवेदन गर्न सकिनेछ ।

इन्स्योरेन्सको हाल एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता छ । ६० प्रतिशत हकप्रद निश्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?