+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

चाबहिलबाट खैरो हिरोइनसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते ८:४२
Photo Credit : Nepal Police

३० वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलबाट दुई जना युवा लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा खोटाङको तुवाचुङ-५ घर भएका २६ वर्षीय सुरेश राई र ३० वर्षीय बबिन राई छन् ।

घर खोटाङ भए पनि सुरेश काठमाडौंको मुलपानी र बबिन काठमाडौंकै बालुवाटार बस्दै आएका थिए ।

महानगरीय प्रहरी कपनवाट टोली परिचालन भएको थियो । कपन प्रहरीको टोलीले उनीहरुलाई जाँच गर्दा आठ ग्राम खैरो हिरोइन २५ वटा पोकामा फेला पारेको थियो ।

उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको कपन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?