Comments Add Comment

सत्यमोहनको १०० वर्षको विहान : निवासमा केके भयो ?

३० वैशाख, काठमाडौं । सँस्कृतिविद सत्यमोहन जोशी आजबाट एक सय वर्ष पुगे । दीर्घजीवी जोशीको ललितपुरस्थित निवासमा सोमबार बिहानै विशेष चहलपहल थियो । राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म उनलाई शुभकामना दिन र आशिर्वाद लिन उनको निवास पुगेका थिए । जोशी घरबाट बाहिर निस्किँदा आँगनमा मानिसहरुको भिडभाड बढिसकेको थियो ।

सुरुमा उनकी छोरीले रातो टीका लगाइदिइन् । माला र खादा लगाइदिएर सगुन खुवाइन् । त्यसपछि आफन्त र स्थानीय अन्य व्यक्तिहरुले पनि त्यसै गरे । उनीहरुले गीती लयमा जोशीको सुस्वास्थ्य र दीर्घायू कामना गरे ।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश हस्तान्तरणको संक्षिप्त कार्यक्रम गरियो । सन्देशमार्फत् राष्ट्रपति भण्डारीले मंगलकामनासहित जोशीको सुस्वास्थ्य र दीर्घायूको कामना गरेकी छन् ।

यो पनि पढ्नुहोस १०० वर्षमा सत्यमोहन, ललितपुर महानगरपालिकाले दियो बिदा

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेकपा नेता कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए ।

उनको जन्मोत्सवमा ललितपुर जिल्लामा सार्वजनिक विदा नै दिइएको छ । शताव्दी पुरुषको उपमा पाएका उनलाई ललितपुर उपमहानगरबासीले नगर परिक्रमासहित सोमबार सम्मानसमेत गर्दैछन् । एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी उनको जन्म शताब्दी मनाउने कार्यक्रम पनि तय गरिएको छ ।

             

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment