+
+
Shares

विपन्न महिलालाई साबुन बनाउने तालिम

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते ११:०४

३१ वैशाख, काठमाडौं । निर्धन संथाले विपन्न महिलाहरुलाई सावुन बनाउने तालिम दिएको छ । संस्थाले भूकम्प प्रभावित क्षेत्र दक्षिणकालीका महिला स्वावलम्बी समूहका विपन्न महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको हो ।

बैशाख २३ देखि सञ्चालित तालिम गत २६ गते सम्पन्न गरिएको हो । तालिमको समापन सत्रमा बोल्दै सहभागीहरुको तर्फबाट ममता कुँवर के.सी, शर्मिला खत्री र देवकी भुजेलले आयोजकहरुलाई धन्यवाद दिए । तालिमका सहभागीहरुले साबुन बनाउने सीप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताए ।

समापन सत्रमा निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष रत्न कोनाजो, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दक्षिणकाली शाखाका प्रमुख सन्तोष राज पन्त, सहायक रमेश अधिकारी र प्रशिक्षक सजना नकर्मीले पनि आ–आफ्नो मन्तव्य राख्दै तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गरे ।

निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै वि.सं.२०४७ मा डा. हरिहर देव पन्तको नेतृत्वमा स्थापित यस निर्धन संस्थाले वि.सं.२०४९ सालमा नेपाल कै पहिलो बिना धितो लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते देखि विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरणको जानकारी गराइन् ।

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन तथा झोल साबुन बनाउने सीप सिकेका हुन । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ ।

नेपालमा लघुवित्तका पित्रा भनेर चिनिने अर्थशास्त्री डा. हरिहर देव पन्तले अङ्गाल्नु भएको बाटोलाई निरन्तरता दिंदै निर्धन संस्थाले यसता तालिम आयोजना गर्दै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?