Comments Add Comment

आफ्नो जर्सी सगरमाथा पुग्दा खुशी भए ओजिल

काठमाडौं । इंग्लिस फुटबल क्बल आर्सनलका अट्याकिङ मिडफिल्डर मेसट ओजिलको जर्सी लिएर नेपाली समर्थक सगरमाथा आधार शिविर पुगेका छन् ।

उक्त तस्बिर ट्वीट गर्दै ओजिलले लेखेका छन्, ‘हेर्नुस् त, मैले हस्ताक्षर गरेर जर्सी पठाएपछि त्यो सगरमाथा बेस क्याम्पको ५ हजार ३ सय ६४ मिटरको उचाईमा पुगेको छ ।’

उनको ट्वीटमा धेरै नेपाली समर्थकहरुले प्रतिक्रिया दिएका छन् । त्यसमा जर्सीलाई आधार शिविरसम्म पुर्‍याउने काठमाडौंका निरोज खतिवडाले पनि आˆनो जीवनकै सबैभन्दा उत्कृष्ट क्षण भएको भन्दै प्रतिक्रिया दिएका छन् ।

‘यो खुशीलाई कसरी व्यक्त गरौँ मलाई थाहा छैन । कसैको लागि मैले गरेको यो सबैभन्दा उत्कृष्ट कुरा हो । धेरै धन्यबाद’ उनले लेखेका छन् । उनी वैशाख १७ गते जर्सीसहित आधार शिबिर पुगेका थिए ।

ओजिलले गरेको ट्वीटमा २३ हजार लाइक, २९ सय रिट्वीट र ३ सय २५ भन्दा बढी कमेन्टहरु आएका छन् । नेपालसँगै विश्वभरका समर्थकले ओजिलको जर्सी सगरमाथा पुगेकोमा खुशी व्यक्त गरेका छन् । कतिले उनी सर्वोच्चमा रहेको बताएका छन् भने कतिले नेपाल घुम्न आउने निम्तो पनि दिएका छन् ।

झण्डै दुई महिना अघि पनि काठमाडौं बौद्धनाथमा जम्मा भएका समर्थकहरुको फोटो ट्वीट गर्दै ओजिलले धन्यबाद दिएका थिए । ‘एसियाबाट समर्थकहरुको अर्को एउटा तस्बिर । यसको लागि नेपाललाई धन्यबाद । लण्डनबाट तपाइँहरु सबैका लागि शुभकामना’ उनले लेखेका थिए ।

३० वर्षका ओजिल २०१३ मा स्पेनिस क्लब रियल मडि्रडबाट आर्सनल गएका थिए । जहाँ उनले १ सय ६४ खेलमा ३२ गोल गरिसकेका छन् । जर्मन राष्ट्रिय टिमका खेलाडी ओजिलले राष्ट्रिय टिमबाट ९२ खेलमा २३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment