+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

९ महिनामा एनआईसी एशियाले कमायो २२७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते १५:१९

३० वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले दुई अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो सम्पूर्ण खर्च कटाएर पनि १४५ प्रतिशतले खुद नाफा आर्जन गरेको छ । बैंकको आम्दानीको सूचाङ्कहरु उत्साहप्रद देखिएका छन् ।

बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (५७ अर्ब २४ करोड) को वृद्धि तथा वाषिर्क विन्दुगत आधारमा ५० प्रतिशत (७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार.२२८ अर्ब १९ करोड पुर्‍याउन सफल भएको छ ।

जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४प्रतिशत (२९ अर्ब ) को वृद्धि तथावाषिर्क विन्दुगत आधारमा ३७ प्रतिशत (४० अर्ब ५३ करोड) को वृद्धि गरी १४९ अर्ब ५० करोड रनिक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (२६ अर्ब ८७ करोड) को वृद्धि तथा वाषिर्क विन्दुगतआधारमा ३३ प्रतिशत (४४ अर्ब ३७ करोड) को वृद्धि गरी १७८ अर्ब ९ करोड पुर्‍याउन सफल भएको छ ।

बैंकको वाषिर्क विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुुर्‍याउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?