Comments Add Comment

मोटेहरुको सौन्दर्य प्रतियोगितामा आकर्षण, अडिसन ४ गते

काठमाडौं । नेपालमा पहिलोपटक मोटा पुरुषहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएपछि सामान्यभन्दा बढी तौलका युवाहरु उत्साहित देखिएका छन् । ग्लोरी मिडियासँगको सहकार्यमा मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ नाममा प्रतियोगिता आयोजना गर्न लागेको हो । यसको अडिसन ४ जेठमा हुनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत वैशाख २ गतेबाट अडिसन फाराम वितरण सुरु गरिएको थियो । अडिसन फारम बागबजारस्थित मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको छ, जुन ४ गतेसम्मै भर्न सकिनेछ ।

प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्ने आयोजकले जनाएको छ । १६ देखि २५ वर्ष उमेर समूहका लागि न्यूनतम ६० केजी र २५ वर्षभन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान छ ।

आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुको ‘सुपर प्लस साईज मोडल नेपाल’ आयोजना गर्दै आएको छ ।

मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका पुरुषहरुलाई प्रोत्साहित गर्ने आशा ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले व्यक्त गरे । उनले प्रतियोगितामा खासगरी युवाहरुको आकर्षण देखिएको बताए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment