Comments Add Comment

केही घण्टाभित्रै नेकपा एकीकरण टुंगिएको घोषणा हुन्छ–महासचिव पौडेल

१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी एकताको बाँकी रहेका काम जेठ ३ गतेभित्र सम्पन्न भइसक्ने बताएका छन् । तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आयोजितकार्यक्रममा नेताहरुले पार्टी एकीकरण अब टुंगिने बताएका हुन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाका महासचिव बिष्णु पौडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताए । एक वर्षअघि जेठ ३ गतेनै नेकपा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

महासचिव पौडेलले भने– एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी छन् भनेर गुनासो आइरहेको छ । अब त्यो गुनासो पनि धेरै दिन सुन्नु पर्दैन । पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ । जेठ ३ गते विहान एकता प्रक्रियामा बाँकी रहेका विषय टुंगिएको घोषणा हुनेछ ।

सोही अवसरमा बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि जनवर्गीय संगठनहरुको एकीकरण तत्कालै टुंगो लाग्ने बताए । खनालले जेठ ३ मा केही गरि नसकिएपनि जेठभित्रमा सबै काम सकिने बताए ।

नेकपाका अधिकांश कमिटी एकीरकण भए पनि जनवर्गीय संगठनहरुको एकीकरण बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment