Comments Add Comment

बजार परिसूचकमा सामान्य वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

१ जेठ, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ५.५ अकंले बढेर १३२१ को बिन्दुमा पुगेको छ । एनसीसी बैंक, नेपाल बैंक र शिवम् सिमेन्टको सेयर आज उच्च कारोबार भयो । प्रत्येक कम्पनीको सेयर १३ करोड भन्दा बढीले किनबेच भएको छ ।

बुधबार १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडको कारोबार भएको छ । सेयर कारोबार भएका १२ उपसमूहमध्ये ६ वटा सकारात्मक रह्यो भने ६ समुहको सूचक नकारात्मक रह्यो । विकास बैंकको सूचक सबै भन्दा धेरै २५.९९ अंकले बढ्यो भने व्यापार १०.५६, वाणिज्य बैंक ९.८६, फाइनान्स १.९५, अन्य ८.१२, र माइक्रोफाइनान्स समूह पनि ०.१३ अंकले सकारात्मक भयो ।

बुधबार उत्पादन तथा प्रशोधन समूहको सूचकमा ५९.७४ अंकको गिरावट देखियो । यस्तै निर्जीवन बीमा ३८.४९, होटल ३४.१९, जीवन बीमा १७.८४, हाइड्रोपावर ७.२६, म्युचुअल फण्डको सूचक ०.०४ अंकको गिरावट देखियो ।

बुधबार नेपाल कम्युनिटी डेभपलमेन्ट बैंक, विशाल बजार कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरधनीले उच्च नाफा कमाएका छन् । यस्तै कृषि विकास बैंक, कन्चन डेभलपमेन्ट बैंक, एचआईडीसीएल, एभरेष्ट बैंकको संस्थापक सेयरधनीले बुधबार कमाइ गरेका छन् ।

हिमालयन डिस्टिलरी, ग्लोबल आईएमई लघुवित्त, शिवम सिमेन्ट, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्तको सेयरधनीले बजारबाट गुमाउन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment