Comments Add Comment

मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन हुनसक्छ : श्रेष्ठ

१ जेठ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदमा पेश भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन हुन सक्ने बताएका छन् ।

बुधबार नेकपा जिल्ला कमिटीका पदाधिकारीको सपथ ग्रहणका लागि गोरखा आएका श्रेष्ठले पत्रकारसँग कुराकानी गर्दै प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने पक्षमा सरकार नरहेको बताए ।

‘संसदमा विधेयक प्रस्तुत गर्दैमा त्यसले पूर्णता पाउदैन,’ उनले भने, ‘पत्रकार जगत र अन्य पक्षसँग छलफल गरेर परिमार्जन गर्न सकिन्छ ।’ प्रेस स्वतन्त्रतामाथि कुनै कुठराघात गर्ने र अंकुश लगाउने पक्षमा सरकार नरहेको भन्दै उनले त्यो दिशा तर्फ सरकारको कदम नचल्ने दावी गरे ।

तर यसबारे सरकारमाथि बढी नै प्रहार भएको भन्दै श्रेष्ठले संसदमा पेश भएको बिधेयक पारित नभएसम्म अनावश्यक टीकाटिप्पणी गर्नु उचित नहुने बताए ।

फरक प्रसँगमा बोल्दै प्रवक्ता श्रेष्ठले आगामी बर्षबाट वृद्ध भत्ता बढ्ने दावी गरे । प्रति महिना पाँच हजार वृद्धभत्ता पुर्‍याउने सरकारको प्रतिवद्धता अनुसार क्रमश बढाउदै लैजाने उनको भनाइ छ । अबको चार बर्षभित्र वृद्धभत्ता पाँच हजार पुर्‍याउने उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment