+
+
Shares

इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:२०

६ असोज, काठमाडौं । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरकै फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ ।

पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास राइफलको लाइभ राउन्ड थान एक र बारुद जस्तो देखिने पदार्थ २७.७१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई खरखजाना तथा बिष्फोटक पदार्थ कसुरमा पाँच दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?