Comments Add Comment

ठगी आरोपमा वर्ल्डलिङ्कका पूर्वकर्मचारी पक्राउ

१ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको कर्मचारी भएको बताउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वकर्मचारी १८ वर्षीय सुशान्त ओझा भनिने निरज कुइँकेल छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई वसुन्धराबाट पक्राउ गरेको एसपी केदार ढकालले बताए । उनका अनुसार कुइँकेलले गत वर्ष माघमा जागिर छाडेका थिए । तर, मोबाइल र परिचय पत्र भने साथमै थियो ।

जसको दुरुपयोग गरेर विभिन्न स्थानमा इन्टरनेट जोड्ने, रकम असुली गर्ने र पैसा नदिए लाइन काट्ने काम गरिरहेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको ढकालले बताए ।

अनुसन्धानका क्रममा कुइँकेलले १५ जनाभन्दा बढी पुराना सेवाग्राही र नयाँ ग्राहक समेत बनाएर अवैध रुपमा ६५ हजार रुपैयाँ असुली गरेको देखिएको छ ।

उनलाई ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment