Comments Add Comment

गले रामप्रसाद सिटौला, बारमा उपस्थित हुन तयार

२ जेठ, काठमाडौं । नेपाल बार एशोसिएनको पत्रलाई ‘धोती लाउँछु’ भन्दै अध्यक्षमाथि नै दुर्व्यवहारमा उत्रिएका न्यायपरिषद सदस्य रामप्रसाद सिटौला अन्ततः बयानका लागि उपस्थित हुने भएका छन् ।

न्यायाधिश नियुक्ति विवाद लगायतका विषयमा छलफल गर्न उनलाई बारले बिहीबार चार बजे उपस्थित हुन दोस्रो पत्र पठाएको थियो । यसअघि बारले पठाएको पत्रलाई धोती लाइदिन्छु भन्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई सकेको गर्न चुनौती दिएका सिटौला दोस्रो पत्रपछि तोकिएको समयमा उपस्थित हुन तयार भएका छन् ।

उनीसँग बारले न्यायपरिषदका कामरवाहीका बारेमा छलफल गर्ने भएको छ । सिटौला बार एशोसियसनको प्रतिनिधित्व गर्दै न्यायपरिषदमा छन् ।

तर, बारले छलफलका लागि बोलाउन पत्र लेख्दा उनले सर्वोच्च अदालत परिसरमै अध्यक्ष श्रेष्ठलाई अपशब्द प्रयोग गरेका थिए । उनको व्यवहारप्रति खेद व्यक्त गर्दै बारले न्यायपरिषदबाट फिर्ता बोलाउने निर्णय गर्न लागेको थियो । तर, मंगलबार भएको छलफलमा पूर्व अध्यक्षहरुहरुले निर्णय गर्नु पूर्व पत्राचार गरेर बोलाउन र नआएमा थप निर्णय गर्न सुझाव दिएका थिए ।

बारका पूर्व अध्यक्षहरु शम्भु थापा, विश्वकान्त मैनाली, हरिहर दाहाल, प्रेमवहादुर खड्का लगायतको सुझावपछि बारले उनलाई दोस्रो पत्र पठाएको थियो ।

बारले न्यायपरिषदमा पठाइने सदस्यको सिफारिस तथा सम्पर्क समन्वयका बारेमा निर्देशिका बनाउनका लागि सिटौलासँग पनि छलफल गर्न दोस्रोपटक बोलाएको बार कोषाध्यक्ष रुद्र पोखरेलले पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment