+
+
Shares

किशोर व्यवसायीबाट सन्दीपले पाए सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते १३:५२

२ जेठ, काठमाडौं । देशका प्रमुख व्यापारिक घरानीया आफ्नो व्यवसायमा व्यस्त हुँदा स्कुल कलेज पढ्ने उनीहरुका सन्तान फुर्सदमा के गर्छन् होला ? कतिपयलाई लाग्न सक्छ, उनीहरु मोज मस्तीमा जीवन बिताउँछन् वा विदेश सयर गर्न निस्कन्छन् ।

तर खोजी गर्ने हो भने यस्ता किशोर वा युवा पुस्ता नयाँ-नयाँ काममा लागिरहेका भेटिए । गएको मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका सन्दीप लामिछानेलाई सम्मान गर्न किशोर र युवा पुस्ताको टोलीले एउटा भब्य कार्यक्रम गरिरहेका थिए । यसरी सम्मान गर्नेहरु मध्ये अधिकांश नेपालका चर्चित व्यावसायिक घरानीयाका पछिल्लो पुस्ताका किशोरहरु नै थिए ।

‘युवाले नै युवाको भावना बुझ्छन्, त्यसमाथि खेलकुल युवाको पहिलो प्रथामिकता पनि हो ।’ लोमस ग्रुपका पछिल्लो पुस्ताका प्रतिनिधि प्रणवदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘क्रिकेटर सन्दीप लामिछाने हाम्रो रोलमोडल पनि हुनुहुन्छ, उहाँसँगै हाम्रो तर्फबाट सेलिब्रेट गरेका हौं ।’

उनीसँगै थिए, होटल व्यवसायी युजराज श्रेष्ठ । उनी प्याजा ग्रुपको अफ होटेल्सका कान्छा पुस्ता हुन् ।

‘हाम्रा बुवा हजुरबुवाहरुले पनि साहित्य, संगीत, कला र खेलकुदमार्फत देशको सेवा गर्नुभयो । हामीले उहाँहरुबाट राम्रा कुरा ग्रहण गर्दै यस्ता काम गरिरहेका छौं’ युवराज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘क्रिकेटमा सन्दीपले जुन किसिमको प्रदर्शन गर्नुभयो, त्यसले हामी युवा पुस्तालाई ठूलो प्रोत्साहन दिएको छ ।’

लोमस ग्रुपका कान्छा सदस्य प्रणवजंग पाण्डेको फेसबुकमा क्रिकेटरलाई सम्मान गरेको तस्वीर फैलिएपछि उनका बुबा तथा लोमस ग्रुपका प्रबन्ध निर्देशक प्रवलजंग पाण्डेले थाहा पाएका थिए ।

‘अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइसकेका हाम्रा कम्पनीहरुलाई सम्हाल्न नयाँ पुस्तालाई तयार गर्दैछौं तर उनीहरु राष्ट्रिय क्रिकेटरलाई सम्मान गर्ने, सामाजिक सरोकारमा अघि बढ्ने स्तरले नै अघि बढेको सामाजिक सञ्जालमार्फत थाहा पाउँदा खुसी र अनौठो लागेको छ ।’

किशोर व्यवशायीहरुको समूहले सन्दीपसँगै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र टेक्निकल एनालिस्ट रमन शिवाकोटीलाई पनि सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?