Comments Add Comment

क्लब छोड्नेबारे के सोच्दैछन् आयाक्सका कप्तान ?

२ जेठ, काठमाडौं । डच क्लब आयाक्सका कप्तान म्याथिज डि लिटले क्लब छोड्नेबारे निर्णय लिन कठिन भएको बताएका छन् । पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना र केही इंग्लिस क्लबबाट प्रस्ताव गरिएका डि लिटले यस विषयमा विचार गरिरहेको प्रतिक्रिया दिएका छन् ।

फक्स स्पोर्टस्सँगको अन्तर्वार्तामा डि लिटले भनेका छन् ‘यो मेरो भविष्यको बारेमा कुरा गर्ने समय होइन ।’ उनले अगाडि भनेका छन्, ‘मलाई थाहा छैन म फ्रेन्किइ डे जोङसँगै बार्सिलोना जाउँ ? मलाई अझै केही कुरा विचार गर्नु छ, र केही समय पर्खिनुछ ।

डि लिटको कप्तानीमा आयाक्सले यो सिजनमा दुई वटा घरेलु लिगको उपाधि र च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय ग¥यो । सनसनीपूर्ण प्रदर्शन गर्दै क्लबलाई घरेलु लिगको उपाधि दिलाएपछि उनीमाथि धेरैको नजर परेको छ ।

स्पेनिस क्लब बार्सिलोना र केही इंग्लिस क्लबले उनलाई भित्र्याउन चासो देखाएका छन् ।

स्पेन जाने वा इंग्ल्याण्ड जाने भन्नेबारे निर्णय नभए पनि उनले आयाक्स छोड्ने प्रवल सम्भावना छ । बुधबार राति मात्रै उनकै कप्तानीमा आयाक्सले डि ग्राफ्सचापलाई ४–१ गोलअन्तरले पराजित गर्दै डच लिगको उपाधि जितेको थियो ।

आयाक्सका फ्रेन्किई भने यसअघि नै ७५ मिलियन युरोपमा बार्सिलोनामा अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment