Comments Add Comment

‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई युवक पक्राउ

२ जेठ, बुटवल । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट प्रहरीले दुइ युवकलाई नियन्त्रणमा लिएको छ ।

शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै शाहीका श्रीमती शक्ति क्षेत्रीले स्वास्थ्य अवस्था नाजुक हुन सक्ने बताए । गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।

शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment