+
+
Shares

एक रुपैयाँ लगानी नगरी व्यवसायी बनाउने जस्मिनको अफर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १७:५१

३ जेठ, काठमाडौं । तपाईं बेरोजार हुनुहुन्छ ? केही उद्यम व्यवसाय गर्ने सोचमा हुनुहुन्छ तर लगानी जुटाउन नसकेर पिरोलिनु भएको छ भने अब चिन्ता नलिनुस् । नेपालको अग्रणी रंग कम्पनी जस्मिन पेन्ट्सले यस्तै बेरोजगार युवाको समस्यालाई ध्यानमा राखेर गज्जबसँग स्वरोजगर व्यवसायी बन्ने अफर ल्याएको छ ।

अब पुँजी, सिप, र अनुभव नभएर स्वरोजगार बन्न नसकेका युवालाई कम्पनीले पसल खोलेर स्वरोजगार बन्न सघाउने भएको छ, त्यो पनि सम्बन्धित युवाले एक रुपैयाँ लगानी नगरिकनै ।

जस्मिन पेन्ट्सका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालका अनुसार पूँजी अभाव भएर व्यवसाय गर्न नसकरहेकाहरुलाई कम्पनीले ल्याएको योजना निकै लाभदायी हुनेछ । योजना अनुसार पेन्ट्स व्यवसाय गर्न खोजेका युवालाई अब जेस्मिन पेन्ट्सले नै लगानी गरिरिदनेछ । यो योजना अनुसार त्यस्ता युवाले पसल खोल्न ठाउँ (सटर) भने उपलब्ध गराउनुपर्नेछ ।

त्यसैमा कम्पनी आफैंले सम्पूर्ण खर्चमा पसललाई निकै आधुनिक तवरले सजाउनेछ । पसलको साजसज्जा र निर्माण मात्रै हैन, त्यसमा १५ लाख बराबरको पेन्ट्स र त्यसका लागि आवश्यक रंग घोल्ने मेसिन र अन्य सामग्री पनि कम्पनीले नै राखिदिनेछ । यसमा पलसधनीले कुनै लगानी गर्नुपर्ने छैन ।

‘पसल खोल्ने जिम्मा हाम्रो हुनेछ, युवाहरुले पसललाई सुब्यवस्थित ढंगले सञ्चालन गर्दा हुन्छ,’ अर्यालले भने,’काम गर्न चाहानेले लगानीको पीर गर्नुपर्दैन । ग्राहकको सुन्तुष्टीमा ध्यान दिएर सेवा दिँदा हुन्छ ।’

अर्यालले स्वदशेमै केही गर्न चाहाने युवालाई यो सुअवसर भएको बताए । कम्पनीले पसलमा गरेको लगानी किस्ताका रुपमा तिर्न सकिनेछ । पसल खुलेको ५ वर्षमा पूर्ण रुपमा पसलको स्वामित्व व्यवसायीको हुने गरी सिकस्तको संरचना बनाउने योजना छ ।

‘पसलमा राखिने रङ पनि हामी नै उधारोमा उपलब्ध गराउने छौं । मात्रै पसल चलाएर केही प्रतिशत रकम किस्ताका रुपमा तिर्नु भए हुन्छ,’ अर्यालले भने,’लगानीका लागि कुनै चिन्ता गर्नुपर्दैन ।’

यदि पसल नचले वा चलाउन नसकेमा पसलको स्वामित्व भने कम्पनीलाई नै जिम्मा लगाउन सकिनेछ । राम्रो ब्यापार गरेको खण्डमा भने सम्बन्धित पसल धनीले नै पर्याप्त लाभ उठाउन सक्नेछन् ।

बजारमा केही गर्छु भन्ने सोच भएका, हार्डवेयर र पेन्ट्स पसलमा रोजगारी गरेर अनुभव बटुलेका र शिक्षित र ऊर्जाका साथ काम गर्न खोज्ने युवालाई यो योजनामा समेटिने प्रवनध निर्देशक अर्याल बताउँछन् ।

मुलुकको जुनसुकै कुनाका युवाले पनि यो योजना अनुसार पसल खोलेर सञ्चालन गर्न सक्नेछन् । पसल भने मुख्य रुपमा रंगको बजार राम्रो हुन सक्ने शहरी तथा शहरउन्मुख क्षत्रेमा केन्दि्रत गरिनेछ । कम्पनीले यो योजनामार्फत देशभरका युवा जनशक्तिलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

पसल खोल्न चाहने व्यक्तिले कम्पनीको अनलाइनमा उपलब्ध सामान्य फारम भरे पुग्नेछ । त्यसमा अफ्ना व्यक्तिगत विवरणहरु भरेपछि कम्पनीका प्रतिनिधि नै प्रस्तावित पसलसम्म पुग्नेछन् । तर, आवश्यक निरीक्षण गरेर युवाको योजना स्वीकृत गर्नेछन् ।

यसपछि पसलको सम्पूर्ण पूर्वाधारको निर्माण कम्पनी आफैंले गरिरिदनेछ । कम्पनीको दर्ताबाहेक युवाले पसलका लागि एक रुपैयाँ पनि लगानी गर्नुपर्ने छैन ।

जस्मिन पेन्ट्सको देशभर ८ सयदेखि १ हजार डिलरहरु छन् । कम्पनीले यो योजना अनुसार सयभन्दा बढी आउटलेट थप गर्ने योजना तयार गरेको छ ।

वर्षमा एक अर्बको पेन्ट्सको कारोबार गर्ने कम्पनी मनकामना ग्रुपअन्तरगत सञ्चालित छ । यो ग्रुप अन्तरगत जगदम्बा प्लाष्टिक लगायत आधा दर्जनभन्दा बढी उद्योग तथा व्यवसायहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?