+

जिदान एक दाइ जस्तै- बेन्जिमा

२०७६ जेठ  ३ गते १८:१६ २०७६ जेठ ३ गते १८:१६
जिदान एक दाइ जस्तै- बेन्जिमा

३ जेठ, काठमाडौं । रियल मड्रिडका स्टाइकर करिम बेन्जिमाले प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध दाइ जस्तै भएको बताएका छन् ।

यो सिजन रियल मड्रिड पुरै रुपमा असफल भयो । स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानमा उक्त बुझाएको रियल च्याम्पियन्स लिगमा पनि नराम्ररी चिप्लियो । यसैबीचमा रियलले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई फेरि प्रशिक्षकको रुपमा भित्र्यायो ।

जिदान र अन्य खेलाडीबीच मनमुटाव भएको कुरा विस्तारै बाहिर खुल्दै गर्दा रियल मडि्रडका मुख्य फरवार्ड करिम बेन्जिमा र जिदानबीचको सम्बन्ध दाजुभाई सरह भएको बेन्जिमा बताउँछन् ।

उनी भन्छन्, ‘उहाँसँगको मेरो सम्बन्ध विशेष छ । हामीबीच दाजुभाइको सम्बन्ध भएको पनि लामो समय भइसक्यो ।’

‘उहाँ मेरो परिवारको एक सदस्य जस्तै हुन् ।’ तर यसको मतलब यो होइन कि उहाँले मेरो आलोचना गर्दैन,’ उनले भने ।

‘म राम्रो गर्ने प्रयास गरिहेको हुन्छु । राम्रो महसुश गरिरहेको छु । तर हाम्रो लागि यो सिजन निकै कठिन रह्यो । किनभने हमीले जितेनौं’, उनी थप्छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय