Comments Add Comment

प्रहरीको ट्राफिक व्यवस्थापन अभियान : अहिलेसम्म केके भयो ?

५ जेठ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयले थालेको उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजना सफल बन्दै गएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर अभियान अन्तरगत हालसम्म भएका काम कारबाहीको जानकारी दिँदै प्रहरी सफलतातर्फ उन्मुख भइरहेको बताएका हुन् ।

उनका अनुसार हालसम्म ११ वटा ठाउँमा जेब्रा क्रसिङ निर्माण र मर्मत गरिसकिएको छ । सुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्क, स्टार अस्पताल र धोविघाटमा गरेर ११ ठाउँमा जेब्रा क्रसिङ राखिएको उनले बताए ।

उनका अनुसार विभिन्न स्थानमा स्टप र सेन्टर लाइन पनि बनाइएको छ ।

‘अभियान अन्तर्गत अहिले ठाउँठाउँमा ५ मिनेट सचेतना तथा स्टीकर र पम्पलेट वितरण कार्य भइरहेको छ’, वरिष्ठ उपरीक्षक पन्तले भने, ‘हालसम्म २० हजार ७० जना सवारी चालकले सचेतना लिएका छन् ।’

उनका अनुसार प्रदुषण फेल भएका सवारीसाधानलाई कारबाही पनि तीब्र पारिएको छ । उनका अनुसार यो अवधिमा १ हजार ८६ वटा सवारी कारबाहीमा परेका छन् । त्यसमध्ये ६ सय ५ वटा डिजेलबाट चल्ने छन् भने ४ सय ८१ वटा पेट्रोलबाट चल्ने छन् ।

उनले उपत्यकाको विभिन्न सडकखण्डमा भएको फुटपाथ अतिक्रमणलाई पनि क्लीयर गरिएको बताए ।

उनका अनुसार नयाँ बानेश्वर–पुरानो बानेश्वर, नयाँ बानेश्वर–शंखमूल, थापागाउँ, कोटेश्वर–गौशाला, थापाथली–कालिमाटी–कलंकी, खानी विभाग–टिचिङ, पुरानो बानेश्वर–गौशाला, कृष्ण पाउरोटी, नक्साल, ल्होत्से, रातोपुल–गौशाला चोक र गौशाला–चावहिलमा सडकपेटी क्लीयर गरिएको उनले जनाए ।

उनका अनुसार विभिन्न ठाउँमा करिडोर व्यवस्थासहित बस पकेट नियमन गर्ने काम पनि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment