Comments Add Comment

‘ख्याल ख्याल’मा चक्कु प्रहार, एकजना ठहरै

५ जेठ, धनकुटा । लिम्बुवानतिर एउटा लोकोक्ति छ– ख्याल ख्यालमा चार इञ्ची ! अर्थात् लिम्बु समुदायमा मादक पदार्थ सेवनपछि सामान्य झगडा हुँदा हुने खुकुरी प्रहारलाई समेत सामान्यरुपमै लिने गरिन्छ र रक्सीको बोतल राखेर आपसमा मेलमिलाप गर्ने गरिन्छ ।

तर, आइतबार बिहान धनकुटामा जाँडका कारण सुरु भएको सामान्य विवादमै एक युवकको ज्यान गएको छ । ख्याल ख्यालमा भएको झगडापछि भएको चक्कु प्रहारबाट युवकको ज्यान गएको हो ।

धनकुटाको महालक्ष्मी–२ मारेकस्थित माझगाउँ भन्ने ठाउँमा २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुले मादक पदार्थ सेवन गरी सामान्य विवादमा चक्कु प्रहार गरेर आइतबार बिहान एक जनाको ज्यान लिएका हुन् ।

घनेन्द्रले मातेको सुरमा प्रहार गरेको चक्कुबाट स्थानीय २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी चौकी मारेक कटहरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घनेन्द्रलाई चक्कुसहित पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment