Comments Add Comment

भारतीय चुनावको एग्जिट पोल : मोदीलाई खुसीको खबर !

५ जेठ, काठमाडौं । भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) गठबन्धनको जित हुने एग्जिट पोलले देखाएको छ ।

आइतबार सातौं तथा अन्तिम चरणको चुनावसँगै लोकसभा चुनावको मतदान सकिएको छ । १७ औं विधानसभामा कुल ५४२ सिटका लागि चुनाव भएको थियो ।

मतदान सकिए लगतै एग्जिट पोलको नजिताहरु सार्वजनिक भएका छन् । अधिकांशले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा गठबन्धन (एनडीए) को जित देखाएको छ ।

कति भरपर्दो हुन्छ एक्जिट पोल ?

एग्जिट पोल चुनावी नजिताको एक अनुमान हो । यसले मतदाताको रुझान कता छ भन्ने देखाउनसक्छ ।

भारतीय न्यूज च्यानलहरुले सर्वे एजेन्सीहरुसँग मिलेर एक्जिट पोल गर्ने गर्छन् । सर्वेका क्रममा मतदान गरेर बाहिर निस्किएका मतदाताहरुलाई विभिन्न प्रश्न सोधिन्छ ।

हरेक एक्जिट पोल सँगै सही हुन्छ भन्ने छैन । यसको पछिल्लो उदाहरण हो २०१५ को विहार विधानसभा चुनाव । एग्जिट पोलले भाजपाको बम्पर जित देखाएको थियो तर, नतिजा उल्टो आयो । तर, मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा डिसेम्बर २०१८ मा भएको चुनावमा भने एग्जिट पोल सही सावित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment