+
+

फ्युजमसिन तथा एआइडीको आयोजनामा इन्टेलिजेन्स (एआई) एक्सपो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १९:३४

५ जेठ, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युजमेसिन तथा अनुसन्धान र विकास संगठन ( आर्टिफिसियल इन्टेलिजेन्स फर  डेभेलपमेन्ट (एआइडी)को आयोजनामा नेपालकै पहिलो र ठूलो एआई एक्सपो आयोजना हुने भएको छ  । एक्स्पो २०७६ अगस्ट २४ तारिख (भदौ ७ गते) सोल्टी क्राउन  प्लाजामा हुनेछ ।

यो एआई एक्स्पोको मुख्य उद्देश्य सूचना तथा प्रविधिमा भइरहेका नवीनतम गतिविधिलाई एउटै छानामुनिबाट प्रदान गर्नुका साथै विद्यार्थी, पेसेवरहरू तथा अन्य इच्छुकलाई निःशुल्क प्रशिक्षण, अपलाइड एआईमा ह्यान्ड्स अन अनुभव प्रदान गरी गुणस्तरिय आइटी प्रोडक्टको सिर्जना गराउनु रहेको आयोजकको भनाइ छ ।

फ्युजमसिनका सिइओ एवं कोलम्बियाका प्रोफेसर समीर मास्के भन्छन्, ‘एआई एक्सपोजस्ता कार्यक्रमले निश्चित रूपमा  सहभागीहरूलाई एक–आपसमा हुने सञ्जाल र सहकार्यबाट एआई बुझ्न प्रोत्साहित गर्नेछ र एआई प्रोटोटाइपहरू निर्माण गर्न सहयोग गर्दछ।’

नेपालको नै पहिलो र ठूलो  एआई एक्सपोको महत्त्वको थप उनले भने, ‘सहभागीले एआई र त्यसको समकालीन प्रगति र उपयोगकाबारे केवल शिक्षा मात्र नपाएर प्रदर्शनीको दौरान केही व्यावहारिक प्रोटोटाइपहरू निर्माण गर्न समान सहयोगी साथी, विद्यार्थी, एआई विशेषज्ञहरू, प्रोफेसर र डोमेन विशेषज्ञहरूसँग सहयोग पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?