Comments Add Comment

शोभायात्रासहित पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती

लिस्बन / विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसरमा पोर्चुगलमा बृहत शोभा यात्रा र सभा सम्पन्न भएको छ।

राजधानी लिस्बनमा शनिबार रोसियोस्थित काजा दि लाफोइसको हलमा मध्याह्न बुद्धको पूजा र आराधना गर्दै सुरु भएको कार्यक्रम शहरको मूख्य पर्यटकीय केन्द्र रोसियोस्थित समुन्द्र किनारबाट बृहत शोभायात्रामा परिणत भएको थियो ।

बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा नेपाली बाजागाजा र सांस्कृतिक झाँकीसहित राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै मार्तिमुनिज पार्कमा आएर शोभायात्रा सम्पन्न भयो। शोभायात्रा सुरु हुनु अगाडि बौद्ध धर्मगुरुहरुद्धारा भगवान गौतम बुद्धको शान्ति सन्देश, बुद्धवाणी,ज्ञान, दर्शन र उपदेशका बिषयमा प्रबचन दिइएको थियो।

नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्थाहरूको सकृयतामा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ भिजिट नेपाल-२०२० लागि प्रचार गरिएको थियो ।

शोभायात्रा समापनको संक्षिप्त सभामा बाणिज्यदूत मकरबहादुर हमाल, पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए। शोभायात्रामा पोर्चुगलमास्थित नेपाली संघ- संस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment