Comments Add Comment

सी डिभिजन लिग छनोटको खेल तालिका सार्वजनिक

६ जेठ, काठमाडौं । शहीद स्मारक सी डिभिजन फुटबल लिगको छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । जेठ ७ गते (भोलि)देखि सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा एफसी एसएसले सरस्वतीनगर स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

एन्फा खेल मैदान सातदोबाटोमा हुनेछ । असार एक गतेसम्म चल्ने प्रतियोगिताबाट तीन टिम सी डिभिजन लिगमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा ३८ टिम रहेका छन् । पहिलो चरणको समूह बिजेता दोस्रो नकआउट चरणमा प्रवेश गर्ने छन् । र दोस्रो चरणमा तीन समूह विभाजन गरेर प्रतियोगिता खेलाइने छ । दोस्रो चरणको प्रत्येक समूह बिजेता सी डिभिजनमा प्रवेश गर्ने एन्फाले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment