
नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र ‘पोई पर्यो काले’मा एकसाथ काम गर्न लागेका सौगात र श्रृष्टी एकसाथ काम गर्दा खुशी छिन् ।
वास्तविक जीवनमा भने सौगातले श्रृष्टीलाई ‘माया’ भनेर बोलाउने गर्छन् । श्रृष्टीले भने सौगातलाई बोलाउने नाम भन्न चाहिनन् । सौगातको प्रेममा श्रृष्टी खुशी छिन् । श्रृष्टीको प्रेममा सौगात पनि खुशी छन् । श्रृष्टी सौगातसँग बिहेको बिषयमा भन्छिन्–‘हामी अहिले एकदमै खुशी छौ । अहिलेको अवस्थामा हामी एक अर्कालाई सम्मान पनि गर्छौ । यसैले, यो अवस्था रह्यो भने बिहेसम्म जानका लागि कुनै अप्ठ्यारो छैन । यो प्राकृतिक कुरा नै भयो ।’
यो जोडीले यसअगाडि चलचित्र ‘मासु भात’मा पनि काम गरिसकेको छ । प्रेममा रमाएका यी दुइले बिहेसम्मको यात्रा संभव भएको सुनाएका छन् । चलचित्र ‘पोई पर्यो काले’मा नायक सौगात मल्ल भने नायिका पूजा शर्माको जोडीको रुपमा देखिदैछन् ।
प्रतिक्रिया 4