Comments Add Comment

‘पोई पर्यो काले’मा पूजा, आकाश, सौगात र श्रृष्टी

चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको घोषणा गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले चलचित्रको शुभसाइत गरेका थिए । यो चलचित्रको छायांकन जेठको १३ गतेबाट सुरु हुनेछ भने कात्तिकको ८ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

यो चलचित्रमा नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई श्रीमान्–श्रीमतिको भूमिकामा देख्न पाइनेछ । साथमा, चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

निर्देशक शिशिर राणाले चलचित्रको मुख्य पात्रमा फिट हुने भएकाले सौगातलाई रोजिएको बताएका थिए । शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

नायिका पूजा शर्माले चलचित्रको कथा निकै नै राम्रो रहेकाले काम गर्न लागेको बताइन् । यस्तै, नायक आकाश श्रेष्ठले पनि चलचित्रको कथावस्तुले छोएको सुनाए । नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठले पनि कथालाई नै चलचित्र छनोटको मुख्य आधार मानेका छन् ।

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रलाई कमेडी कथावस्तुमा निर्माण गरिताएपनि यसले समाजकै कथा भन्ने निर्देशक राणाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment