
७ जेठ, काठमाडौं । भारतको महाराष्ट्रमा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो महाराष्ट्रको बुलढाणा भन्ने स्थानमा यो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ट्रकको टायर पड्किएपछि अनियन्त्रित हुँदै म्याजिक भ्यानमाथि चढेको थियो । म्याजिक भ्यानमा १८ जना थिए । ६ घटनास्थलमै र ७ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको एसपी पाटिल भुजबलले बताएका छन् ।
घाइते तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नुन बोकेको ट्रक गुजरातबाट नागपुर जाँदै थियो । यसै गरी म्याजिक भ्यानमा सवार यात्रुहरु मलकापुरबाट कर्नाटकको अनुराबाद तर्फ गइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4