Comments Add Comment

हत्याको घटनापछि गाउँका सबै डराएका छन् : गाउँपालिका अध्यक्ष

७ जेठ, काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या भएको छ । ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको हो । एक बालिका भने भाग्न सफल भएकी छन् ।

सोमबार राति घटना भए पनि प्रहरी विहानमात्र घटनास्थल पुगेको थियो । विहान प्रहरीसँगै घटनास्थल पुगेका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले अनलाइनखबरसँग त्यहाँको अवस्थाबारे कुराकानी गरेका छन् : 

अमरराज माखिम

बिहान ६ बजे खबर पाउनेवित्तिकै इन्सपेक्टर र म घटनास्थलमा पुगेको थिएँ । त्यहाँको दृश्य विभत्स थियो । शवहरु काटिएको अवस्थामा फेला परेको थियो । घटना मध्यरातमा भएको रहेछ । तर बिहानपख मात्रै थाहा पाइयो ।

इलाका प्रहरी कार्यालय रवि र दशमी चौकीको टोली सुरुमा घटनास्थलमा पुगेको थियो । त्यहाँ माथिल्लो घर ज्वाईंको र तल्लो घर ससुराको छ । ज्वाईंको घरमा पाँच जनाको हत्या भएको छ, ससुराको घरमा चार जनाको हत्या भएको छ । यी दुई घरको दुरी करिब २ किलोमिटर छ । दुवै परिवारको आर्थिक अवस्था मध्यम खालको छ ।

१२ वर्षकी एक बालिका बाँच्न सफल भएकी छन् । उनको हात भाँचिएको छ । प्रहरीले उनलाई उपचारका लागि गाडीमा राखेर फिदिम पठाएको छ । उनले भनेअनुसार मुकुन्डो लगाएर आएकाले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

यो घटनाले सबै त्रसित छन् । छिमेकीसँग पनि सोध्न सक्ने अवस्था छैन । हत्याको कारण के हो भन्ने खुलेको छैन । प्रहरी प्रशासनले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ । रिसइबीको कारण हो कि के हो पछि पत्ता लाग्ला ।

एसपी सापको टोली आयो भने पोष्टमार्टम कहाँ गर्ने भन्ने हामी सल्लाह गर्छौं । नजिकैको बजारमा स्वास्थ्य चौकी छ । त्यहाँ पनि पोष्टमार्टम हुन्छ । सहज भयो भने त्यहीँ गरौंला, नत्र सदरमुकाममा पठाउनुपर्ला ।

यो पनि पढ्नुहोस पाँचथर हत्या प्रकरणः मिक्लाजुङ–८ मा भेटियो रुखमा झुण्डिएको शव यो पनि पढ्नुहोस पाँचथर हत्या प्रकरण : एसएसपीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा यो पनि पढ्नुहोस पाँचथरकाे सामूहिक हत्या अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो यो पनि पढ्नुहोस सामूहिक हत्या प्रकरण : मुकुन्डो लगाएर आएका थिए हत्यारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment