Comments Add Comment

अष्ट्रेलियामा भूँइमै बसेर दर्शकले हेरे ‘जात्रै जात्रा’

नेपालमा समेत राम्रो कमाई गरिरहेको र दर्शक–समिक्षकले उत्कृष्ट भनेको चलचित्र ‘जात्रै जात्रा’ले अष्ट्रेलियामा पनि धुम मच्चाइरहेको छ । यो चलचित्रका सबै शोजहरु हाउसफूल हुन थालेपछि दर्शकले भूँइमै बसेर चलचित्र हेर्न थालेका छन् । मंगलबार व्रिजवेनमा आयोजना भएको दोश्रो शो हाउसफूल भएपछि करिब २० जना दर्शकले भूँइ र कुर्सीमा बसेर चलचित्र हेरेका छन् ।

हाउसफूल भैसकेपछि आएका दर्शकले चलचित्र हेर्न पाउनुपर्ने माग गरेपछ आयोजकले हल प्रशासनसँग अनुमति लिएर केही कुर्सी थप गरेको हो । थप कुर्सीमा बसेकाहरुलाई न्यूनम शुल्क लिइएको थियो । नेपाली चलचित्रका लागि आएको यो प्रकारको डिमाण्ड देखेर आयोजक दंग देखिएको छ । व्रिजवेनमा पहिलो शोमा २६० र दोश्रो शोमा १७५ जना दर्शकले चलचित्र हेरे ।

यस्तै, अष्ट्रेलियाको सिड्नी र तासमानियामा पनि शोहरु हाउसफूल भएका छन् । सिड्नीमा दर्शकको चाप खेप्न नसकेपछि ४ शोलाई बढाएर ८ शो बनाइएको छ । यो चलचित्रलाई अष्ट्रेलियामा ‘हो र होइन होला’ इभेन्टले प्रदर्शनको अधिकार लिएको छ । अष्ट्रेलियाका लागि आयोजकले ३० लाख भन्दा बढी रकम तिरेको वुझिएको छ । अष्ट्रेलियाका हरेक शहरमा चलचित्रको माग बढेपछि यसको आयोजकलाई प्रदर्शनको तयारी गर्न नै हमे हम्मे परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment