
८ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई सचेत गराएका छन् ।
‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि अमेरिकी राजदूत र्याण्डी बेरी विवादमा परेका छन् । परराष्ट्र मन्त्रालयले समेत यसो नगर्न आग्रह गरेको छ ।
पूर्वप्रधानमन्त्री नेपालले पनि राजदूतको योजनाबारे असन्तुष्टि जनाएका छन् । ‘सबैले कूटनीतिक मर्यादाको पालना गर्नुपर्छ । त्यसमा पनि सबैले गरुन भन्ने चाहनेले पालना गरेर देखाउनुपर्छ’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने ।
नेकपाकै अर्का नेता भीम रावलले राजदूतले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमतिविना राजदूतले जनतासँग प्रत्यक्ष कार्यक्रम गर्न नमिल्ने बताए ।
अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट ‘राजदूतसँग गफगाफ’ नामक संवाद कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।
प्रतिक्रिया 4